एसइई परीक्षाबारे चाँडै निर्णय हुने

  २०७८ वैशाख ३१ गते १७:५१     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचा चाडैँ टुङगो लाग्ने भएकोे छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एसइईको ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताएका हुन् ।

गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए ।

मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मालगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.