बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

  २०७८ वैशाख ३० गते १६:०६     विकासन्युज

काठमाडाैं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित फिल्म ‘राधे’ प्रसारण गरेको छ ।

प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ ।

मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा यस लिंक बाट फिल्म सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.