दोरम्बा गाउँपालिकामा प्रवेश गर्ने सबै नाका बन्द

  २०७८ वैशाख ३० गते १३:५६     विकासन्युज

काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि पालिकामा प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको सबै नाका बन्द गरिएको हो ।

पालिकाले जेठ ६ गतेसम्मको लागि मात्र नाका बन्द गर्ने निर्णय गरेको हो । संक्रमण दर गाउँपालिमा पनि उच्च भएपछि गाउँपालिकाले २९ गते बुधबार बसेको विपत् व्यवस्थापन सिमितिको बैठक अनुसार सबै नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले जनाकारी दिए ।

पालिकामा हालसम्म ८६ जना कोराना संक्रमित छन् । पालिकाले हिजो मात्रै ४१ जनाको स्वाव संकलन गरी पीसीआर परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाएको उनले जानकारी दिए ।

पालिकाले ९ ओटा विद्युतिय अक्सिजन उत्पादन गर्ने मेशिन र कन्ट्याक्ट ट्रेसिङ मेशिन पनि खरिद गर्न निर्णय भएको उनको भनाई छ । गाउँपालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । हाल सो गाउँपालिकामा १३ ओटा आइसोलेसन कक्ष छन् । गाउँपालिकावासीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै सुरक्षित साथ बस्न पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.