कोभिड-१९ विरुद्धको लडाइँमा सघाउन युरोपेली आयोगलाई आग्रह

  २०७८ वैशाख ३० गते १३:४८     विकासन्युज

काठमाडौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड-१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड-१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गरेका ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेका आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जनाएको छ ।

राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.