के हेरेर बसिरहनु भएको छ प्रधानमन्त्रीज्यू ? स्वास्थ्य संकटकाल लगाउनुस् न

  २०७८ वैशाख २९ गते १६:२५     सुशिल घिमिरे ‘त्रैलोक्य’

सम्माननीय प्रधानमन्त्रीज्यू,

नमस्कार ।

म एक आम नागरिक । हजुर बसेकै देशको एक बासिन्दा । हजुर मलाई चिन्नुहुन्न । तर देशको प्रधानमन्त्रीको नाताले र जनताको नाताले अप्रत्यक्ष रुपमा म हजुरलाई चिन्दछु । किनकि म आम जनता हो र, एक जनताले आफूले जिताएको र निर्वाचनबाट चुनेको सरकार र त्यसको प्रधानमन्त्रीले के गरिरहेको छ ? नागरिकप्रति कस्तो जिम्मेवारी वहन गरिरहेको छ ? सधै नजिकवाट नियालिरहेको हुन्छ ।

सम्माननीय प्रधानमन्त्री ज्यु, विश्व कोरोना भाइरसवाट अक्रान्त भइरहेको वेला र विश्वमा लाखौं मान्छे मरिरहदा र हजारौ नेपाली मरिरहदा के त्यसको रोकथाम गर्ने र नागरिकलाई बचाउने जिम्मा तपाइको होइन् ? आज हस्पिटलमा अक्सिजनको सिलिन्डर नभएर, अस्पतालले विरामी भर्ना नलिएर र कोरोना विरुद्ध बच्न मानिसको भिडभाड नघटाएको कारणले यत्रो मान्छे संक्रमित हुनु र दिनहु मर्नुको जिम्मेवारी कसले लिन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ?

सगैंको छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना देशका जनतालाई वचाउन लाखौं सिलिन्ड अक्सिजनको व्यवस्था गर्दा, लाखौं कोरोना भ्यक्सिन जनतालाई लगाउदा र विपक्षी पार्टीका नेता राहुल गान्धी लगायतका नेतासँग यस्तो विपत्तिको वेला कसरी लड्ने भनेर पटक पटक बैठक वस्दा हजुर चाही खाली वेसार पानी खाने कुरा र सरकार विरुद्ध विश्वासको मत लिन कहिले वुढानिलकण्ठ कहिल कहाँ धाइरहनु भएको छ । सायद यो विपत्तिको घढिमा वफादार भई जनतालाई कोरोना विरुद्व वचाउने उपाय गर्नुभएको भए अस्तिको हजुरको अविश्वसको मतको ग्राफ अर्कै हुन्थ्यो होला कि ?

सम्माननीय प्रधानमन्त्रीज्यू, हिजो मात्र कोरोनाले २२५ जनाको मृत्य भएको सरकारी तथ्यांक छ । हालसम्म ४ लाख १३ हजार १११ जनामा कोरोना पोजेटिभ देखिएको छ । अव भन्नुहोस्, यस्तो वेला कोरोना लागेका विरामी र उसका परिवारले कत्तिको मानसिक दवाव झेल्नु परो होला ? कसरी जुधे होलान् ? आइसोलेसनमा मात्र आज नेपालमा ९७ हजारभन्दा वढि वसेका छन् । के यस्तो वेला तपाईले देशको अभिभावकको नाताले जनतालाई उपचारको लागि पहल र हौसला प्रधान गर्नुपर्ने होइन ?

ढिलो भइसको प्रधानमन्त्रीज्यू, स्कुलहरुलाई हस्पीटलमा परिणत गरौं । केही समयको लागि विकास वजेटलाई स्वस्थ्य क्षेत्रमा खर्च गर्ने गरी व्यवस्था गरौं । अस्पताल चाहिने रहेछ भन्ने कुरा बुझौं । यो वेला कुर्सीको खिचातानी होइन् । सवै दल मिलेर एक हौं र स्थितिलाइ सहज वनाऔं । सामान्य अवस्थामा त पार्टी, भोट र जनता छदै छन् नि । जनता रहे देश रहन्छ भन्ने कुराको वोध गरौं ।

आजको स्थिति सामान्य छैन प्रधानमन्त्रीज्यू, अव झन भयावह हुनेवाला छ । हिड्डुललाई वन्द गरौं । घरमै वस्न आव्हान गरौं । नेपालको संविधानको भाग ३० को धारा २७३ मा संकटकालिन व्यवस्था वारे नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कनै भागको सुरक्षामा युद्व ,वाहिरी आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रखलता, प्राकृतिक विपद वा महामारी कारणले गम्भीर संकट उत्पन्न भएमा रास्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागु हनेगरि संकटकालिन अवस्थाको घोषण गर्न वा आदेश जारी गर्न सक्नेछ भन्ने कुरा उल्लेख छ । विज्ञहरुले अवको एक महिना कोरोना भइरस नेपालमा चरम रुपमा हुने र त्यस पछि क्रमश घटदै जाने कुरा सुझाएका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्रीज्यू, अव देशमा केही समयको लागि संकटकाल घोषणा गर्नुपर्छ । बरु जेठ असारको यो वजेटलाई अर्को आर्थिक वर्षमा गभिने गरि २०७७/०७८ र ०७८/७९ लाइ एकै आर्थिक वर्ष वनाएर भएपनि स्थीतिको सहज निकास दिम् । कर्मचारीलाई सकिन्छ भने एक महिना पुरा तलव नभए आधि त्यो पनि सकिदैन् भने वेतलवि विदा दिएर सेना परिचालन गरौं । र, जनतालाई घरमै वस्न आव्हान गरौं । नभए तपाईं त पहुचवाला मान्छे, ठुलो पदको मान्छे, जसोतसो बच्नु होला । म र म जस्ताको के होला प्रधानमन्त्रीज्यू ?। वेलैमा चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.