आजदेखि कालीमाटी फलफूल तथा तरकारी बजार बन्द

  २०७८ वैशाख २८ गते १२:०६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाकै ठूूलो तरकारी बजारको रुपमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमतिको संख्यामा बृद्धि भएको भन्दै तरकारी बजार विकास समितिले बन्द गर्ने निर्णय गरेकाे हाे । समितिले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णय अनुसार आजैदेखि बजार बन्द भएकाे जनाएकाे हाे ।

समितिले कृषक बजार आजैदेखि लागु हुने गरीबन्द गर्ने जनाएको छ । यसैगरी, बैशाख २९ गते अर्थात बुधबारदेखि थोक बजार र बिहीबारदेखि खुद्रा बजार समेत बन्द हुने जनाएको छ ।

समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एक वटा थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाईने र ठूला कृषकहरुको स्वास्थय सुरक्षा मापदण्ड अपनाएर अक्सन र्यार्ड÷होल्डिङ र्यार्कमा कारोबार गर्न समेत निर्देशन दिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.