सर्वोत्तम सिमेन्टद्वारा सुनवल नगरपालिकाकाे अस्पताललाई मेडिकल उपकरण सहयाेग

  २०७८ वैशाख २७ गते १४:५२     विकासन्युज

काठमाडाैं । सर्वोत्तम सिमेन्टले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित अस्पताललाई लागि अत्यावश्यक मेडिकल उपकरणहरु सहयाेग गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायण प्रसाद पाण्डेले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमु दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन् ।

कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लोमिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु नगरपालिकालाई प्रदान गरेको हो ।

कम्पनीले अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास लिएकाे जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.