जेठ २ गतेदेखि कोभिड विरुद्धको खोप संचालन हुने

  २०७८ वैशाख २७ गते १३:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै रोकिएको कोभिड विरुद्धको खोपको दोस्रो चरण सुरु हुने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रै (डीसीएमसी) ले आगामी जेठ २ गतेदेखि काठमाडौं उपत्यकामा कोभिड विरुद्धको दोस्रो चरणको खोप (भेरोसिल्ड) लगाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

जेठ २ गतेदेखि भेरोसिल्डको दोस्रो खोप संचालन गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय भएको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । सरकारले कोभिड विरुद्ध भेरोसिल्ड लगाउन सुरु गरेको भएपनि संक्रमण बढेको र काठमाडौं उपत्यका सहित देशभरका प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरेपछि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

यस्तो खोप कार्यक्रम सम्बन्धित पालिकाहरुको वडा कार्यालयहरुले समन्वय गर्ने डीसीएमसीको निर्णय छ । यस्तो कार्यक्रम निश्चित अवधिका लागि संचालन गर्न अनुरोध गर्ने निर्णय भएको ती अधिकारीले बताए ।

यस्तै, डीसीएमसीले काठमाडौं उपत्यमा थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरहरुमा निषेधाज्ञा जारी गरेको छ ।

One comment on "जेठ २ गतेदेखि कोभिड विरुद्धको खोप संचालन हुने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.