अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइनमा साइबर आक्रमण, आपतकालिन अवस्थाको घोषणा

  २०७८ वैशाख २७ गते १०:५७     विकासन्युज

काठमाडौं । अमेरिकी सरकारले देशको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आपतकालिन अवस्था घोषणा गरेको छ ।

अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो ।
कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ ।

अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ ।

आपतकालिन घोषणा पछि त्यहाँबाट इन्धन आपूर्ति पाइपलाइनको सट्टा सडक मार्फत प्रतिस्थापन भएको छ । विज्ञहरूका अनुसार साइबर हमलाका कारण इन्धनको मूल्य सोमबार २ प्रतिशतले वृद्धि हुनेछ । उनीहरुका अनुसार छिट्टै पुनस्थापन नभए यसको प्रभाव बढी फराकिलो हुनसक्छ ।

कसले आक्रमण गर्यो ?

धेरै स्रोतहरुले पुष्टि गरे अनुसार उक्त हमला डाक्र्ससाइड नामक साइबर अपराधिक गिरोहले गरेकाे थियो । तिनीहरुको बिहीबार औपनिवेशिक नेटवर्कमा प्रवेश गरे र उनीहरुको कब्जामा लगभग १ सय जिबी डाटा लिएका थिए । यसपछि, ह्याकरहरूले केही कम्प्युटर र सर्भरहरूमा डाटा लक गरे र शुक्रबार फिरौती समेत मागेका थिए ।

उनीहरुले फिरौती रकम नदिए सबै डाटा लिंक गर्ने धम्की समेत दिएका छन् । कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.