निरन्तर बढेको महिला लघुवित्तको उकालो यात्रामा ब्रेक, पहिलो पटक नेगेटिभ सर्किट

  २०७८ वैशाख २६ गते १६:४८     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट लागेको छ ।

संस्थाले हालै सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) जारी गरी गत चैत ३ मात्र दोश्रो बजारमा प्रवेश गरेको थियो । चैत ३ गतेदेखि बैशाख २६ गतेसम्ममा कूल ३६ दिन सेयर कारोबार खुल्यो । यो अवधिमा नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य कहिले घट्ने त कहिले बढ्ने भइरह्यो ।

तर, बैशाख २५ गतेसम्म महिला लघुवित्तको सेयर मूल्यमा भने निरन्तर सर्किट लागेको थियो । गत बिहीबारको कारोबारसम्म बजारमा देखिएको तीव्र उतारचढावले संस्थाको सेयर मूल्यमा कुनै असर गरेको थिएन ।

तर आज बैशाख २६ गते कम्पनीको इतिहासमै पहिलो पटक सेयर मूल्य घटेको छ । पछिल्लो कारोबारको तुलनामा संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५०३ रुपैयाँले घटेको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता ५ हजार ३० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता ४५२७ रुपैयाँमा झरेको छ ।

आइतबार कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको ४ हजार ५२७ पटकको कारोबारमा ५१ हजार ८८ कित्ता सेयर किनबेच भएको हो ।

यससँगै आइतबार संस्थाको बजार पुँजीकरण ४ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.