चेम्बरले उपत्यकामा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा दिने

  २०७८ वैशाख २६ गते १३:५५     विकासन्युज

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजेसम्म चेम्बरले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे हाे ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

चेम्त्ररकाे अनुसार हाललाई काठमाडाैं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्नेछन्  ।

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.