कोरोना भाइरस हावाबाट पनि सर्छः डब्लूएचओ

  २०७८ वैशाख २६ गते १३:५०     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि सर्ने बताएको छ ।

कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठनले अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको हो ।

‘डब्ल्यूएचओले कोरोना भाइरस हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्ने बताएको छ ।

‘भाइरस खराब भेन्टिलेशन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ, जहाँ मानिसहरु लामो समयसम्म बस्छन् किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ,’ डब्ल्यूएचओले भनेको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान पनि गरिएको छ ।

डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा हाँछ्यु गर्दा या बोल्दा मुखबाट निस्कने स–साना ड्रपलेटबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने बताउँदै आएको छ भने ती वैज्ञानिकहरुले हाँछ्यु गरेपछि निस्कने ड्रपलेट हावामा जति टाढासम्म जान सक्छ, तिनमा भएका भाइरसले मानिसलाई संक्रमित बनाउनसक्ने दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.