भुम्लु गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक वाहेकका सेवा बन्द

  २०७८ वैशाख २६ गते १२:२४     विकासन्युज

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यक वाहेकका पालिकाको सबै सेवा बन्द गरेको छ । पालिकाले शनिबार एक सूचना जारी गर्दै एक हप्ताको लागि पालिकाको सेवा बन्द गरेको हो ।

पालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएको र संक्रमण अरु कर्मचारीलाई पनि देखिन सक्ने भएकाले पालिकाको सेवा बन्द गरेको तर वडा कार्यलयको कुनै पनि सेवा बन्द नगरिएको पालिकाका सूचना अधिकारी रुपक अधिकारीले जानकारी दिए ।

उनीका अनुसार हाल पालिकामा १३ जना सक्रिय संक्रमित छन् । तर, २ जना मात्र पालिकाको संम्पर्कमा रहेका छन् । पालिकाको बजार क्षेत्रहहरुमा भिडभाडलाई कम गर्नको लागि नागरिकहरुलाई अपील गरेको छ ।

बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । पालिकाले हालसम्म क्वारेन्टिनको व्यवस्था गरेको छैन । भुम्लु आधारभुत अस्पतालमा ५ बेडको आइसोलेसन कक्ष रहेको उनको भनाई छ । उनले पालिकामा थप आइसोलेसन बनाउने तयारी भइरहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.