सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि

  २०७८ वैशाख २६ गते ११:४७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८ प्रतिशतले वृद्धि गरेको छ ।

गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब २६ करोड रुपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब १८ करोड रुपैयाँ गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन गत आवको तुलनामा ११० प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाख रुपैयाँ पुर्याएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्ब ४० करोड रुपैयाँमध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम संचालन गरेको छ । यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने गरि थप व्यवस्था समेत गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.