९ महिनामा हिमालयन डिष्टिलरीले गर्यो पौने ४ अर्ब माथिको कारोबार, खुद नाफामा पनि सुधार

  २०७८ वैशाख २६ गते ११:२६     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा पौने ४ अर्ब माथिको कारोबार गरेको छ । जुन गत आवको तुलनामा ९ प्रतिशत बढी हो ।

गत आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले खुद नाफा ५३.८९ प्रतिशतले बढाएको छ । गत आवमा ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ६७ करोड २७ लाख नाफा कमाउन सफल भएको छ ।

कम्पनीले गत आवसम्मको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १००.७६ रुपैयाँबाट बढेर १०३.३८ रुपैयाँ र तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ ।

यसकारण बढ्यो सेयर कारोबार

गत वर्ष प्राप्त कारोबार भन्दा यस वर्षको चैत मसान्तसम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै रहेको कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.