सबैभन्दा बढी आयकर तिर्ने व्यवसायी शाहले धुलिखेल अस्पताललाई गरे १ करोड ३५ लाख सहयोगकाे घोषणा

  २०७८ वैशाख २४ गते २०:०९     विकासन्युज

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष विजय कुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोगकाे घाेषणा गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित भइसकेका व्यवसायी शाहले धुलिखेल अस्पतालमा रहेका कोरोना भाइरसका संक्रमितहरुको उपचार सहज होस् भनेर सो सहयाेग गर्ने घाेषणा गरेकाे बताएका हुन् ।

उनले सो रकम अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी भनेर सहयोग गर्ने बताएका हुन् ।

उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् ।
देशमा कोरोना भाइरसको संक्तमण तीव्र रुपमा फैलिएसँगै निजी क्षेत्रबाट यति ठूलो रकम सहयोगकाे घाेषणाा गर्ने शाह पहिलो व्यवसायी पनि बनेका छन् ।

One comment on "सबैभन्दा बढी आयकर तिर्ने व्यवसायी शाहले धुलिखेल अस्पताललाई गरे १ करोड ३५ लाख सहयोगकाे घोषणा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.