५० लाख डोज कोभिसिल्ड खोप किन्ने तत्कालको लागि सम्भावना छैनः स्वास्थ्य मन्त्रालय

  २०७८ वैशाख २४ गते १५:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको कम्पनी सिरम इन्स्टिच्युटबाट तत्काल ५० लाख डोज (मात्रा) खोप किन्ने कुनै सम्भावना नभएको बताएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सिरमसँग २० लाख डोज खोप किन्ने सम्झौता भए अनुसार १० लाख डोज आइसकेको र बाँकी १० लाख डोज खोप कम्पनीले पछि दिने भनेको पनि जानकारी गराएका छन् ।

‘सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको छ । बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रामा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, कोभिसिल्ड खोप खरिदमा मन्त्रालयको कुनै संलग्नता नरहेको पनि बताइएको छ । स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएको भन्दै नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको कुनै संलग्नता नभएको मन्त्रालयको भनाई छ ।

यस्तै, मन्त्रालयले कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको समाचारमा कुनै सत्यथा नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.