‘एनआईबिएल समृद्धि फण्ड-२’ को इकाई बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

  २०७८ वैशाख २४ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल समृद्धि फण्ड-२’ को इकाई बाँडफाँड भएको छ । क्यापिटलले आज (बैशाख २४ गते) उक्त इकाईको बाँडफाँड गरेको हो ।

क्यापिटलले १० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि बैशाख १६ गतेसम्म निष्काशन गरेको थियो । जसमा संस्थाले माग गरेको भन्दा १.२१ गुणा बढी आवेदन परेको थियो ।

उक्त योजनामा ६७ हजार ७६ जना आवेदकले १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ५१४ जनाले दिएका १४ करोड ५२ लाख ९५ हजार ४०० इकाई रितपूर्वक रहेको भने बाँकी १ करोड १० लाख ८ हजार ५९० इकाई रद्द भएको क्यापिटलले जनाएको छ ।

योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीज पुँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३० करोड रुपैयाँमध्ये २९ करोड रुपैयाँको २ करोड ९० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंक, एक करोड रकम बराबरको १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नु पर्ने व्यवस्था थियो । यससँगै १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

रिजल्ट हेर्न यसमा क्लिक गर्नुहाेस्

4 comments on "‘एनआईबिएल समृद्धि फण्ड-२’ को इकाई बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.