कोभिड-१९ मा सिजीले ल्यायो फ्रुट तथा भेजिटेबल प्युरिफायर, १२ महिने वारेण्टी

  २०७८ वैशाख २२ गते १७:४०     विकासन्युज

काठमाडौं । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको हो ।

यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउनले कम्पनीले जनाएकाे छ । बजारमा यो प्युरिफायर १० लिटरको क्षमतामा पाइने छ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।

यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ ।

कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टी दिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.