साल्ट ट्रेडिङ्गको सञ्चालकमा नेशनल ट्रेडिङ्गका सीईओ चन्द नियुक्त

  २०७८ वैशाख २२ गते १४:५३     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालकमा मोहन प्रकाश चन्द नियुक्त भएका छन् । साविक नेशनल ट्रेडिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द कर्पोरेशनको सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पत्रानुसार सीईओ चन्द कर्पोरेशनको सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने छन् ।

साविक नेशनल ट्रेडिङ्ग गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.