उपत्यका विकास प्राधिकरणबाट भाइकाजी आउट, को हुन नव नियुक्त विकास आयुक्त ?

  २०७८ वैशाख २१ गते १८:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी प्राधिकरणबाट बाहिरिएका छन् । सरकारले नयाँ विकास आयुक्तका रुपमा जानुका ढकाललाई नियुक्त गरेसँगै उनी प्राधिकरणबाट बाहिरिएका हुन् ।

तिवारीले प्राधिकरणमा आफ्नो ५ वर्षे कार्यकाल सकाएर बाहिरिएका हुन् । उनी वि।स २०७३ को बैशाखामा प्राधिकरणको विकास आयुक्तका रुपमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले उनलाई ५ वर्षको लागि विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि उनी प्राधिकरणमै नायव विकास आयुक्त पदमा कार्यरत थिए । उनले त्यतिखेर उमेर हदका कारण २०७२ चैतमा अनिवार्य अवकाश पाएका थिए ।

को हुन् नयाँ विकास आयुक्त ?

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले जानुका ढकाललाई विकास आयुक्तमा नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छन् ।

विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा ८ जनाले दरखास्त दिएकोमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेर पठाइएको थियो । ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नमा सिफारिस भएको थियो ।

उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री 

काठमाडौंका सडक फराकिलो पारेका डा‍.तिवारी प्राधिकरणबाट बाहिरिँदै, विकास आयुक्तको खोजी गर्दै सरकार

One comment on "उपत्यका विकास प्राधिकरणबाट भाइकाजी आउट, को हुन नव नियुक्त विकास आयुक्त ?"

  • bhagawan das manandhar says:

    उपत्येका बिकाश प्राधिकरण मा उपत्येकाको ईतिहांससंग संबन्ध र जानेको बुझेको नेव: पो चाहिन्छ ।
    यो बिकाश हैन उपत्येका बिनास प्रधिकरण नै हो ।
    यो प्रधिकरण खारेज गरिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.