पुर्वरानीकाे स्वास्थ्यमा सुधार

  २०७८ वैशाख २१ गते १६:५७     विकासन्युज

काठमाडौं । पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको बताए ।

गएको बुधबारबाट प्लाजमा थेरापीबाट उनको उपचार सुरु गरिएको थियो । बास्तोलाको अनुसार उनी हाल आइसियुमै रहेकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.