बैंक वित्तीय संस्थाहरुले काठमाडौंमा २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने, पासको व्यवस्था कसरी गर्ने ?

  २०७८ वैशाख २१ गते १६:१०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले यस अघि वितरण भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ । आज बसेको तीन वटै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यस अगाडि वितरण गरेका सबै पासहरु खारेज गर्ने निर्ण गरेको हो ।

अब अति आवश्यक अवस्थामा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरि सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयललाई दिने व्यवस्था मिलाएको छ ।

यस्तै, बैठकले काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला रहने गर्ने र केन्द्रिय कार्यालयहरुले २० प्रतिशत जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्थ मिलाउनु पर्नेछ ।

सोको विवरण पनि नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनु पर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले यसअघि पनि यस्तो निर्देशन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.