अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने

  २०७८ वैशाख २१ गते १५:४६     विकासन्युज

काठमाडाैं । अब अनावश्यक रुपमा बाहिर हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अनावश्यक रुपमा बाहिर हिँडडुल गर्नेहरुलाई कडाई गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठकले अनावश्यक रुपमा बाहिर हिँडडुल गर्नेलाई प्रहरीले सोधपुछ गर्ने र अनावश्यक रुपमा हिँडेकाे छ भने कारवाही गर्न निर्णय गरेकाे हाे । अत्यावश्यक काममा हिँडे‍काे छ भने छोड्ने तर अनावश्यक रुपमा हिँडेको भेटिएमा प्रहरीले कारवाही गर्ने व्यवस्था बैठकले गरेको हो ।

यस्तै, बैठकले निषेधाज्ञा बैशाख २९ गतेसम्मका लागि लम्ब्याइएकाे छ । पसलहरु पनि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खाेल्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.