अब बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, निषेधाज्ञा लम्बियो

  २०७८ वैशाख २१ गते १५:३४     विकासन्युज

काठमाडाैं । अब बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने निर्णय गरेको हो । बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न पाइने भएको हो । यस्तै निषेधाज्ञा पनि बैशाख २९ गतेसम्मका लागि लम्बिएको छ ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदैछ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने बताइएकाे छ ।  अब पसलहरु बेलुका पूर्णरुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिनेछ ।

One comment on "अब बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, निषेधाज्ञा लम्बियो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.