कर विवरण तथा दाखिलाको म्याद थप गर्न चेम्बरको माग

  २०७८ वैशाख २१ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने समय थप गर्न सरकारसँग आग्रह गरेको छ ।

चेम्बरले आज एक विज्ञप्ती जारी गर्दै विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा लागु गरेकाे निषेधाज्ञाका कारणा कर भुक्तानिमा समस्या भएकाे जनाएकाे छ ।

‘उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन’, चेम्बरले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.