यस्ताे छ नेपाल टेलिकमकाे सुलभ दरकाे कल र भ्वाेइस प्याक

  २०७८ वैशाख २१ गते १६:०४     विकासन्युज

काठमाडौं । काेराेना संक्रमणकाे दर निकै बढेकाे कारण सरकारले हाल देशकाे अधिकांश भागमा निषेधाज्ञाकाे घाेषणा गरेकाे छ जसकारण प्राय सबै आफ्नाे घरभित्र नै छन् ।

यसैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरुकाे लागि याे समय सजिलाे बनाउन सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याएको छ । टेलिकले ल्याएकाे यस अफरमा ४ किसिमकाे प्याकहरु रहेका छन् ।

यदि तपाई पनि सुलभ दरमा इन्टरनेट र भ्वाेइस प्याक चलाएर आफ्नाे घरभित्रकाे सयमलाई रमाइलाे बनाउन चाहानुहुन्छ भने टेलिकमले ल्याएकाे यस प्याक तपाईकाे लागि सबैभन्दा राम्राे राेजाई हुनेछ ।

प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने प्याकहरु यस्ता छन्:

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक

२८ दिनसम्म प्रत्येक गर्न सकिने याे प्याकमा दिनम १ जीबी डाटा चलाउन सकिनुकाे साथैप्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिन्छ । यस प्याकको मूल्य मात्र ६४९ रुपैयाँ रहेको छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ ।

२. सात दिनका लागि १.५ जीबी प्याक

७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ ।

३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक 

२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । मात्र ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक 

जम्मा २९९ रुपैयाँमा मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.