कोरोना महामारीमा पनि नेपाल लाइफले सेवा दिन कुनै कसुर बाँकी राख्दैन- सीईओ प्रसाईं

  २०७८ वैशाख २१ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले कोरोना भाइरसको महामारीमा पनि जीवन बीमा सेवा प्रवाह गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । कम्पनीको २१औं वार्षिकोत्सवका अवसरमा सीईओ प्रसाईले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।

साथै, उनले हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।

वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स आजबाट २० वर्ष पुरा गरी २१औं स्थानमा प्रवेश गरेको हो । यो अवसरमा सीईओ प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् ।

साथै, उनले आगामी दिनमा सबैको सहयोगले सेवाग्राही तथा ग्राहकको सेवामा थप कैयौं वर्ष अनवरत रूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.