नेपाल लाइफको २१ वर्षे यात्राः एक तिहाई बजार हिस्सा ओगट्न सफल, हरेक सूचांकमा अब्बल

  २०७८ वैशाख २१ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी आजबाट २१औं स्थानमा प्रवेश गरेको हो ।

यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ ।

‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जनाएको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् ।

नेपाल लाइफले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी १११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.