गण्डकी र सुदूरपश्चिमका नव नियुक्त प्रदेश प्रमुख को हुन् ?

  २०७८ वैशाख २० गते १७:४४     विकासन्युज

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नयाँ व्यक्तिलाई नियुक्त गरेको छ ।

सरकारले गण्डकीका हालका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ । गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् ।

नी एमालेको भातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । त्यस्तै सुदूरपश्चिमका नव प्रदेश प्रमुख गंगा प्रसाद यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए ।

उनी यसअघि राप्रपा नेपालका नेता थिए । राप्रपा गठन भएदेखि नै पार्टीमा सक्रिय नेता राप्रपाका संस्थापक नेता उनी थिए । उनी २०७४ मा एमालेमा प्रवेश भएका थिए ।

One comment on "गण्डकी र सुदूरपश्चिमका नव नियुक्त प्रदेश प्रमुख को हुन् ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.