बिहीबारदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द

  २०७८ वैशाख २० गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल सरकारले बिहीबार मध्येरातीदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडानमा वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्येरातबाट आन्तरिक तथा बिहीबार मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे ।

सरकारले अन्य देशका सबै व्यवसायीक उडानमा प्रतिबन्ध लगाएपनि नेपाल र भारतबीचको उडानलाई भने निरन्तरता दिएको छ ।
यसअघि एयर बबल अवधारणाअनुसारको सातै दिन उडान भएकोमा उक्त उडानलाई २ दिनमा झारिएको बताईएको छ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले बिहीबारदेखि भारत बाहेकका देशमा एक साता अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बैशाख २३ (६ मे) बाट बैशाख ३१ (१४ मे) सम्म सबै गन्तव्यमा हुने अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको विकासन्युजलाई जानकारी दिए ।

आज मध्येरातीदेखि बैशाख भर सबै आन्तरिक उडान समेत बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.