५ हजार रुपैयाँसम्म सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिँदै आएका छौं – गाउँपालिका अध्यक्ष

  २०७८ वैशाख १९ गते १६:४७     विकासन्युज

शहिद लखन गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ९ ओटा वडा यस गाउँपालिकाको क्षेत्रफल १ सय ४९ दशमलव ३ वर्ग किलोमिटरसम्म फैलिएको छ । २७ हजार ५ सय ५५ जना मानिसको बसोबास रहेको यस गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रूपले पनि फरक विशेषता बोकन सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ ।

गाउँपालिकाको पूर्वतर्फ भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ । यस गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईंहरुको गाउँपालिका कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । ‘उत्पादनमा जोड दिऊ आत्मनिर्भर बनौं’ भन्ने हाम्रो नारा रहेको छ । ‘एक गाउँ एक उत्पादन’ लाई हामीले विशेष जोड दिइरहेका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । हाम्रो गाउँपालिकालाई समृद्ध बनाउने मूल तत्वको रुपमा कृषि क्षेत्रलाई पनि लिन सकिन्छ ।

हामीले पालिकामा पकेट क्षेत्रहरु छुट्याएका छौं । वडा नं. १ लाई च्याउ, बेयार जातिको बाख्रा पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । ४ र ५ नं. वडामा बाख्रा पकेट क्षेत्र रहेको छ । वडा नं. ९ लाई भौँसी पकेट क्षेत्रको रूपमा बिस्तार गरेका छौं । २, ७ र ८ नं. वडालाई बुङ्गुरको पकेट क्षेत्रको रूपमा छुट्याई वडा नं. ७, ८ र ९ लाई एभोकाडा पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । पालिकामा सुन्तला जोन कार्यक्रम पनि रहेको छ । विभिन्न ढंङ्गले कृषि र पशु जन्य बस्तुहरूको उत्पादन गर्नको लागि हामीले पकेट क्षेत्रहरू छुट्याएका छौं । पालिकामा कृषिक समुहरु पनि गठन भएका छन् । पालिकामा १ सय ५० ओटा कृषिक समुहको गठन भएको छन् । यि सबै समुहरु पालिकामा दर्ता भइसञ्चालनमा आएका छन् ।

कृषिका प्राविधिकहरु पनि गाउँपालिकामा रहेका छन् । कृषि प्राविधिहरूले कृषिमा आएका समस्यालाई समाधान गर्नमा ठुलो भूमिका खेलेका छन् । व्यक्तिगत १ सय ३० ओटा कृषि र पशुका र्फामहरु पालिकामा दर्ता भएका छन् । कृषकहरू पनि विभिन्न ढङ्गले आय आर्जनको स्रोतमा लागि परिरहेका छन् । वडा नंं. ३ मा रहेका मनकामना रामशाहा घाटमा हाटबजार सञ्चालन भएको छ । त्यहाँका स्थानीय जनताहरूले कृषि जन्य बस्तुको उत्पादन गरी आयआर्जन गर्ने काम गरिरहेका छन् । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर जोड दिइरहेका छौं । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ६५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हाम्रो पालिकामा विभिन्न अनुदानको कार्यक्रमहरु पनि रहेको छ । यस संधर्वमा बाजो जमिन नराख्नको निम्ति ५ रोपनी जग्गा वा सो भन्दा बढि जग्गामा तरकारी जन्य बस्तुको उत्पादनको लागि जग्गा भाडामा लिएको छ भने त्यस्ता नागरिकलाई हामीले ५० प्रतिशत आनुदन पनि दिदै आएका छौं । आय आर्जनको लागि तरकारी खेति गर्ने नागरिकलाई प्रेरित गर्ने कार्यक्रम पनि पालिकामा रहेको छ ।

हामीले हरेक वर्ष माघे शक्रान्तीका दिन पारेर गोरु जुधाई कार्यक्रमको आयोजना गर्दछौं । त्यो दिन पारेर हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएका छौं । कृषकहरुलाई पुरस्कार स्वरूप १ लाख रुपैयाँ दिँदै आएका छौं । यो दिन प्रत्येक वडाका एक एक जना कृषकलाई पुरस्कृत गर्ने गरेका छौं । कोभिडको कारणले विदेश बाट फर्केका युवाहरूलाई नगर १ लाख रुपैयाँसम्म दिने व्यवस्था पनि मिलाएका छौं । ६ जना युवाहरू यो अनुदानबाट लाभामवित भएका छन् ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

सदरमुकाम गोरखा बजार देखि पालिकासम्म जोडने १२ किलोमिटर सडक पिचको प्रक्रियाको रूपमा अगाडि बढेको छ । एक करोड रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै रहेका छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ ।

गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् भने गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । हामीले पालिकाका उत्कृष्ट २ विद्यालयहरूको छनोट गरेका छौं । उत्कृष्ट विद्यालयलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । हामीले यो वर्षबाट कक्षा १ देखी ३ सम्मको पाठ्यक्रम निर्माण गरेका छौं । कक्षा ५ र ८ लाई सिकाइ उपलब्धिको आधारमा जुन विद्यालयले धेरै अंक प्राप्त गर्छ त्यस विद्यालयका शिक्षकहरुलाई पुरस्कृत गर्ने पनि गरेका छौं । कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा पालिकाले नै लिने तयारी गरेका छौं ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

कोभिड व्यवस्थापनको लागि संघीय सरकारले प्रधान गरेका बजेट अन्तर्गत ७ शैया बेडको कोभिड अस्पतालको निर्माण गरेका छौं । यो अस्पताल पनि सञ्चालनमा आएको छ । पालिका २ ओटा एम्बुलेन्स पनि तयारी अवस्थामा रहेका छन् । कोभिड व्यवस्थापन र नियन्त्रण गर्नको लागि पालिकामा स्वास्थ्यकर्मी पनि रहेका छन् । पालिकामा ६ ओटा अक्सिजनका सिलिन्डर रहेको छ । हामी कोभिड नियन्त्रणको लागि तयारी अवस्थामा छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । यसलाई रोक्नको लागि विपत व्यवस्थापन सम्बन्धी कोरोना नियन्त्रणको बैठक पनि बसेको छ । हामीले होम क्वारेन्टिनलाई विशेष जोड दिएका छौं । क्वारेन्टिनमा बस्ने नागरिकलाइ हामीले सामान्य औषधी दिने भनेका छौं । घरमा क्वारेन्टिनमा बस्ने नागरिकहरूलाई स्वास्थ्य समस्या भयो भने मात्र हामीले कोभिड अस्पतालमा ल्याछौं ।मास्क क्वारेन्टिनलाई भन्दा हामीले होम क्वारेन्टिनलाई विशेष जोड दिएका छौं । मास्क क्वारेन्टिन गर्दा पोहरे धेरै समस्या भयो त्यसैले हाल यस्तो समस्या नहोस् भनेर हामीले होम क्वारेन्टिनलाई विशेष जोड दिएको हो ।

होम क्वारेन्टिनमा बस्ने नागरिकलाई कोभिडको लक्षण देखा परोभने पालिकाको कोभिड अस्पतालमा ल्याउने छौं । पोहोरो हामीले पालिकामा ७ सय जनाको पीसीआर गरेका थियौं । हाल हामीले पालिकामा निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएका छौं । पालिकामै ल्याब टेक्नेसियन पनि रहेको छ । कोभिड ट्याक्स फेरस् पनि पालिकाम रहेको छ । पालिका स्वाब सङ्कलन हुन्छ तर परीक्षणको लागि पोखरामा पठाउने गरेका छौं ।

तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ?

पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाको भवन पनि टेन्डर प्रक्रिया बाट शिलान्यास भएको छ । ८ करोड रुपैयाँको बजेटमा पालिकाको भवन निर्माण हुन लागेको हो । १५ रोपनी जग्गामा खेलमैदानको पनि निर्माण भएको छ । १५ शैया अस्पताल निर्माणको लागि काम अगाडि बढि रहेको छ । यो वर्ष हामीले गरेको राम्रो काम स्वास्थ्य क्षेत्रमा पनि हो । धेरै गर्भवती महिला बजारसम्म जानु पर्ने गर्भ जाँच गर्नु पर्ने, जस्ता समस्या भएकोले अल्ट्रा साउड मेशिन पालिकाले नै खरिद गरी ल्याएको छ । त्यो सम्बन्धित तालिम हामीले स्वास्थ्यकर्मीलाई दियौं । ६ ओटा स्वास्थ्यचौकि र ३ ओटा सामुदायिक स्वास्थ्यचौकी गरी जम्मा ९ ओटा स्वास्थ्यचौकीहरु पलिकामा रहेका छन् ।

प्रत्येक वडामा घुम्ती सेवा तालिम सञ्चालन भइगर्भवती महिलाको गर्भ जाँच पनि हुँदै आएको छ । जसले गर्दा गर्भमा रहेको बच्चाको अवस्था कस्तो छ र बच्चाहरू स्वास्थ्य र तन्दुरुस्त रहोस् भन्ने यो कार्यक्रम पालिकामा लागु भएको हो । आमा र बच्चाको स्वास्थ्यलाई सुधार गर्नेको लागि मात्री शिशु कार्यक्रम अन्तर्गत ४ पटक सम्म गर्भ जाँच गराउने र प्रजनन् केन्द्रमा बच्चा जन्माउने महिलाई ५ हजार रुपैयाँ सुत्केरी प्रोत्साहन भक्ता दिदै आएका छौं । जसले गर्दा आमा र बच्चाको पोषणमा राम्रो सेवा पुर्याएको छ ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हो हाम्रो पालिका पर्यटकीय स्थलको रुपमा चर्चित छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । मनकामनाको मन्दिर राष्ट्रिय र अन्ताराष्ट्रिय रूपमा निकै चर्चित छ । पलिकामा रहेको मनकामना मन्दिर धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । वार्षिक रुपमा करिव ११÷१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् । मनकामना मन्दिर दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । हामीले पर्यटन स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । परम्परागत संस्कृतिको संरक्षण तर्फ पनि हामी लागि परेका छौं । त्रिवेणी मन्दिर, बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, हिमालामाई मन्दिर, अर्लाङ्दी माफको मन्दिर भिमविरेश्वर महादेव, कोटकाली, थानीथान, सन्तानेश्वर महादेवको मन्दिर, वर्चुली थान, बालेश्वरी मन्दिर मकैपुर श्री बौद्धनाथ गुम्बा आदि पर्यटकीय स्थलको रूपमा निकै चर्चित रहेका छन् । नेपालकै प्रथम शहिद लखन थापा मगर र जैयसिंह चुमी मगरको रगतले सिंचित बुंकोटको काहुले भंगार अर्को ऐतिहासिक पर्यटकीय गन्तब्य स्थल पनि हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामुहिक भावनाले मात्रै पलिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता पाएको छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । जनताको सेवाको लागि तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । पालिकाका भित्रका प्रत्येक वडाको मुख्य सडकको डीपीआर गरेका छौं । सडकहरूको स्तारोन्ती गरेर पिचको काम गर्ने योजना पनि रहेको छ । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ ।

यो वर्ष हामीले पालिकामा २ ओटा शिविर पनि सञ्चालन गरेका थियौं । जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य लिएको छु । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हो सामाजिक विकृती दिन प्रतिदिन बढि रहेको छ । सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि हामीले विशेष जोड दिएका छौं । विकृति नियन्त्रणको लागि पालिका स्तरका ऐन र कानुनको व्यवस्था गरेका छौं । अहिले बढि मात्रामा युवाहरू कुलतमा फसेका छन् । पालिकामा कसैले पनि जुवा तथा तास खेल्छ वा खेलाउँछ भने त्यसलाई २ हजार रुपैयाँ वा सो भन्दा माथिको जारीवना तिरने व्यवस्था मिलाएका छौं । सामाजिक विकृती नियन्त्रणको लागि सबै मिलेर कम्मर कस्नु पर्छ । सरकारले पनि विकृती नियन्त्रण गर्न ठुलो भूमिका खेल्नु पर्छ ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

कोरोनाको बाट सबै सचेत हौं भन्न चाहन्छु । पालिकाका बासिको सुख दुखमा साथ दिनको लागि हामी सधै तयार छौं । नागरिकहरू बाट सकारात्मक सुझाव र सकारात्मक सेचको विकासमा लागि परौं भन्न पनि चाहन्छु । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं ।

यो भूगोलको परिचालन गर्ने भनेको नै यहीँका नागरिकहरूले हो । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.