केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा

  २०७८ वैशाख १९ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले केन्ट आल्प्स प्लस यु.भी. एयर प्युरिफायर बजारमा ल्याएको छ । सिजी इलेक्ट्राेनिक्स अन्तर्गतकाे यस संस्थाले केन्ट आल्प्स प्लस यु.भी. एयर प्युरिफायर बजारमा ल्याएको हाे ।

कम्पनीकाे अनुसार यस प्युरिफायरकाे नेपाली बजार मूल्य ४९ हजार ९ सय ९० रहेकाे छ ।

सबै नयाँ यु.भी. कीटाणुनाशक सुविधाको साथ, प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजी पनि प्रयोग गर्दछ । हेपा फिल्टरसँग पी.एम. २.५ सुक्ष्म कणहरु , परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धुँवा, नराम्रा गन्ध वा पालतू जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने सक्ने क्षमता रहेकाे छ ।

केन्ट एयर प्युरिफायरले परीक्षण गरिएको र विश्वासिलोे अद्वितीय डिजाइन गरिएको प्राथमिक फिल्टर प्रयोग गर्दछ ।

नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा याे उपलब्ध रहकाे कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.