प्रधानमन्त्री ओलीले अनलाइनबाटै खोले नेपाल र सिद्धार्थ बैंकमा खाता, सवारी कर पनि अनलाइनबाटै तिर्न सकिने

  २०७८ वैशाख १९ गते १२:३७     विकासन्युज

काठमाडौं । आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चौथो सूचना प्रविधि दिवस मनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले अनलाइनमार्फत नै साे दिवस मनाएको हो ।

सूचना प्रविधि दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रमहरुको सुभारम्भ गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनमार्फत नेपाल र सिद्धार्थ बैंकमा खाता खोलेका छन् । अब सर्वसाधारणले पनि अनलाइनमार्फत नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सक्नेछन् ।

यस्तै, प्रविधि दिवसको अवसरमा नागरिक एपको पनि आज औपचारिक रुपमा शुरुवात गरिएको छ । यस्तै, सरकारले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात गरेको छ ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री अनलाइनबाटै अब सवारी साधनवापतको कर बुझाउन सकिने गरी सेवा शुरुवात गरिने जानकारी दिए । यो सेवा कानून पारित भएसँगै त्यसको पनि शुरुवात गरिने जानकारी दिए ।

यस्तै, नेपाल टेलिकमको डिजिटल पेमेन्ट ‘नमस्ते पे’को पनि परीक्षण शुरुवात गरिएको मन्त्री गुरुङले बताए । उनले अब अब पत्रकारहरुले पनि अनलाइनमार्फत नै सूचना तथा प्रसारण विभागको पास नवीकरण गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.