मारुती बन्याे नेपालकै पहिलाे ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक

  २०७८ वैशाख १९ गते ११:४८     विकासन्युज

काठमाडौं । मारुती नेपालकै पहिलाे ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक भएकाे छ ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपिस सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको जानकारी दिएकाे छ ।

आजभन्दा १५ वर्ष अगाडि मारुती सिमेन्छ नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सिमेन्ट उत्पादन गर्दै आएकाे कम्पनीले  यसअघि नै ४३ ग्रेडको ओपिस सिमेन्ट उत्पादन गर्दै आइरहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.