प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, कोभिड नियन्त्रण र रोकथामका लागि विशेष निर्णय हुन सक्ने

  २०७८ वैशाख १९ गते १०:१६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको मन्त्रिपरिषद स्रोतले जानकारी दियो ।

आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए । नियमित बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिन अगाडि नै बैठक बोलाएका छन् । कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा शैयाको अभाव हुन थालेको छ । दैनिक धेरै संख्यामा थपिने गरेका संक्रमितको उपचार गर्न जनशक्ति तथा शैया र अन्य आवश्यक स्रोत सधानको अभाव भएको स्वास्थ्यकर्मीले बताइरहेका छन् ।

सरकारले गत विहीबार सर्वसाधारणको नाममा अपील जारी गर्दै अस्पतालहरुमा शैया उपलब्ध गराउन नसक्ने अवस्था आएको भन्दै सचेत हुन आग्रह गरिएको थियो । सरकारले राजधानी काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठूला शहरहरुमा बैशाख १६ गतदेखि निषेधाज्ञा जारी गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकमा यो पछिल्लो अवस्थाको बारेमा छलफल हुने र कोभिड महामारी नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ । तर, आजको लागि बोलाइएको बैठककको निर्णय भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.