विदेशी लगानीका ७ बैंकः नबिलको अग्रता कायमै, दोस्रो एनएमबिलाई एभरेष्टसहितका ५ बैंकले पछ्याउँदै

  २०७८ वैशाख १७ गते १७:३९     सन्ताेष राेकाया

काठमाडौं । अहिले नेपाली ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । हाल कायम रहेका २७ वटा वाणिज्य बैंकहरुमा ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । नबिल, एनएमबि, एसविआई, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, हिमालयन र नेपाल बंगलादेश बैंकमा विदेशी लगानी समेत छ ।

विदेशी लगानी रहेका यी ७ वटै वाणिज्य बैंकको प्रगति हेर्दा सबैभन्दा अग्र स्थानमा नबिल रहेकाे तथ्यांकले देखाउँछ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपस्किृत वित्तीय विवरण अनुसार स्वदेशीसँगै विदेशी लगानी रहेको नबिल बैंक हरेक सूचकमा अगाडि देखिएको हाे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशत बढी हो । बैंकले गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै, हरेक सूचकहरुमा दोस्रो नम्बरमा एनएबि बैंक छ ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८७.८० प्रतिशत बढी हो । एनएमबि बैंकको चुक्ता पुँजी नबिलको भन्दा बढी छ ।

तेस्रो त्रैमाससम्म नाफा कमाउने तेस्रो नम्बरमा नेपाल बंगलादेश बैंक देखिएको छ । नेपाल बङ्गलादेश बैंकले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ नाफा गरेकाे छ । नाफा कमाउनमा चौथो नम्बरमा एभरेष्ट बैंक देखिएको छ । एभरेष्टले बैंकले चालु आवको चैत मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ ।

तथ्यांकमा हेर्नुस् कुन बैंककाे अवस्था कस्ताे छ

नबिललाई पछ्याउँदै अरु ५ बैंक

नाफा लगायतका सूचकहरुमा अन्य ६ वटा बैंकहरुले नबिल बैंकलाई पछ्याइरहेका छन् । नबिल बैंकले चालु अवधिको ९ महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंक नाफा कमाउने बैंकको अग्र स्थानमा छ । यस्तै, एनएमबि बैंकले २ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । एनएमबि खुद नाफा गर्ने बैंकको दोस्रो सूचीमा छ ।

नेपाल बंगलादेश बैंक खुद नाफा गर्ने बैंकको तेस्रो स्थानमा छ । यो बैंकले १ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । यस्तै, खुद नाफा बढी गर्ने चौथो नम्बरमा एभरेष्ट बैंक छ ।

एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ भने हिमालयन बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो अवधिमा १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ भने एसबिआई बैंकले ८७ करोड रुपैयाा नाफा गरेको देखिन्छ ।

खराब कर्जा एनएमबिको बढी

खराब कर्जा सबैभन्दा बढी रहेको बैंकमा रुपमा एनएमबि देखिएको छ । एनएमबि बैंकको खराब कर्जा १.९७ प्रतिशत छ । यस्तै, नेपाल बंगलादेश बैंकको खराब कर्जा पनि १.९१ प्रतिशत देखिएको छ । हिमालयन बैंकको खराब कर्जा ०.८१ प्रतिशत छ ।

यस्तै, नबिल बैंकको खराब कर्जा ०.४८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ०.५०, एसबिआई बैंकको ०.२३ प्रतिशत, एभरेष्ट बैंकको ०.१२ प्रतिशत खराब कर्जा रहेको छ । सबैभन्दा कम खराब कर्जा रहेकाे बैंकमा रुपमा एभरेष्ट बैंक देखिएकाे छ ।

यस्ताे छ सीसीडी रेसियाे

पुँजी तथा निक्षेपमा कर्जाको अनुपात (सीसीडी) मा पनि एनएमबि बैंक अगाडि देखिएको छ एनएमबि बैंकको सीसीडी रेसियो ८१.०९ प्रतिशत छ ।

त्यस्तै, हिमालयन बैंकको सीसीडी रेसियो ७८.९९ प्रतिशत छ भने नबिल बैंकको ८०.८०, एसबिआईको ७६.९८, नेपाल बंगलादेशको ७५.९०, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७४.६५, एभरेष्टको ७०.०५ प्रतिशत सीसीडी रेसियो रहेको छ ।

विदेशी लगानी रहेका यी ७ वटा बैंकहरुबीच हरेक सूचकमा प्रतिस्पर्धा भइरहेको देखिन्छ । प्रतिस्पर्धामा नबिल बैंक अगाडि छ भने दोस्रो स्थानमा एनएमबि बैंक रहेको छ । एनएमबि बैंकलाई एभरेष्ट बैंक, नेपाल बंगलादेश, हिमालयन, एसविआई र स्ट्याण्डर्ड चार्टर्डले पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.