१५ लाख लगानीमा जुम्लाकाे गुठिचौर गाउँपालिकामा जुस उद्योग स्थापना

  २०७८ वैशाख १७ गते १४:४७     विकासन्युज

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने अध्यक्ष भण्डारीले बताए । करिब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने गाउँपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहबाट सहजीकरण हुने र गाउँमै सडक पुगिसकेको तथा नेपालका विभिन्न बजारमा माग अनुसार बिक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताए ।

बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञको भनाइ छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाख लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो । रासस

One comment on "१५ लाख लगानीमा जुम्लाकाे गुठिचौर गाउँपालिकामा जुस उद्योग स्थापना"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.