कमोडिटी मार्केटको लाइसेन्सः चुक्ता पुँजी कम्तिमा १ अर्ब हुनै पर्ने, विदेशीलाई पनि बाटो खुल्ला

  २०७८ वैशाख १७ गते १४:२३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कमोडिटी मार्केटको लाइसेन्स दिनको लागि निर्देशिका जारी गरेको छ ।

बोर्डले जारी गरेको निर्देशिकामा कमोडिटी मार्केट संचालन गर्नको लागि चुक्ता पुँजी कम्तिमा पनि १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँ हुनुपर्ने भनिएको छ ।

न्यूनतम चुक्ता पुँजी एक अर्ब रुपैयाँ भएको कम्पनीले गर्ने काम तथा न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ भएको कम्पनीले गर्न पाउने कामको सीमा बोर्डले तोकेको छ । न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको कम्पनीले भने बस्तु विनिमय बजार (कमोडिटी मार्केट) सम्बन्धी नियमावलीमा तोकिएका सबै बस्तुहरुको कारोबार गर्न पाउने छ ।

निर्देशिकाले कमोडिटी बजार संचालनको लागि विदेशी कम्पनी भित्र्याउन पनि बाटो खुल्ला गरेको छ । विदेशी लगानीकर्ताले कम्तिमा ५ प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था निर्देशिकाले गरेको छ । स्वदेशी लगानीकर्ताको हकमा भने बजार संचालन गर्ने व्यक्ति वा कम्पनीले बढीमा ५ प्रतिशत मात्रै सेयर लिन पाउने व्यवस्था गरिएको छ ।

कर्माेटिडी बजार संचालन गर्नको लागि एउटा संचालक समिति हुनुपर्ने र एक जना प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.