बैंक वित्तीय संस्थाका कर्मचारीलाई पास नचाहिने, मृत्यु संस्कार र अति आवश्यकका सवारी बाहेक चल्न नपाउने

  २०७८ वैशाख १६ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पास नभएर पनि सवारी चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै बैंक वित्तीय संस्थाहरुका कर्मचारीका लागि पास नचाहिने जनाएको हो ।

कार्यालयले मृत्यु संस्कार र अति आवश्यक बाहेका पासहरु वितरण भने स्थगीत हुने बताएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि अतिआवश्यक बाहेकका लागि मात्र पास वितरण हुने जनाएको हो ।

कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले आज विज्ञप्ति निकालेर मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने उल्लेख गरेकी हुन् ।

अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जानेरआउने यात्रुलाई सवारी पास नचाइने प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, प्रशासनले अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।

दोस्रो चरणको कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.