निषेधाज्ञाको समयमा यसरी बन्दैछ काठमाडौं भ्यू टावर (फोटोफिचर)

  २०७८ वैशाख १६ गते १६:०३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर सुरु भएसँगै सरकारले प्रमुख शहरहरुमा निषेज्ञा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले आजदेखि काठमाडौं उपत्यकासहित देशभरका ११ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।

सरकारले जारी गरेको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका सर्वसाधारणलाई समेत हिडडुल गर्न रोक लगाइएको छ । सरकारले तोकेको पेशा व्यवसायभन्दा अन्य पेशा व्यवसाय गर्नेहरुलाई आवतजावतमा रोक लगाइएको छ ।

कोभिड महामारीमा बच्न सरकारले गरेको निषेधाज्ञाको समयमा धेरै उद्योग कलकारखानाका साथै विकास निर्माणका कामहरु ठप्प भएका छन् । तर, काठमाडौंको बागबजारमा रहेको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरको निर्माण कार्य भने रोकिएको छैन ।

सरकारले एक हप्तालको लागि लगाएको निषेधाज्ञाको पहिलो दिन काठमाडौं भ्यू टावर कसरी निर्माण भइरहेको छ र छेउछाउको सडक कस्तो देखियो भन्ने सन्दर्भमा हामीले केही फोटो सामग्री पस्किएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.