सफ्टवेयर इन्जिनियरले शुरु गरे ‘ब्रामो’ मोबाइल गेम, यस्तो छ ट्रेलर (भिडियोसहित)

  २०७८ वैशाख १५ गते १८:१४     विकासन्युज

काठमाडाैं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि.ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन् । ‘ब्रामो’ नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ ।

भर्खरै हाई स्कुल लेभल उत्तिर्ण यूवा प्रतिभा युमिस निरौलासंग मिलेर यो गेम बनाउन एक वर्षभन्दा बढी समय लागेको छ ।

कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन् भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो । ब्रामोको प्रारम्भसंगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्‍याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ ।

अन्तर्राष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला युवा युवतीले यो गेम मन पराउने विश्वास लिइएको छ । गएको महिना उपभोक्ता मूखी पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट (सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ । यो गेम प्ले स्टोरबाट  निःशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आन्नद लिन सकिने जानकारी गराएकाे छ ।

यस्ताे छ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.