बजाजको नयाँ शोरुम अब बल्खुमा

  २०७८ वैशाख १३ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस . अटोहबको उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलाे अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएकाे छ ।

कम्पनीले आर.एस .अटोहब प्रा.लि. बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरेकाे छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएकाे छ

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएकाे र ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफ्नाे जिम्मेवारी रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.