नेपाल सुपर लिगकाे जर्सी सार्वजनिक

  २०७८ वैशाख ११ गते १९:४५     विकासन्युज

काठमाडाैं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसि चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ ।

आइएमई ग्रुप अन्तर्गत संचालित गेम अनले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको हाे । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रबन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

अबदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् । डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।

सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ । एफसि चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए । प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ । कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन ।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.