पोखरा थन्डर्सलाई हुण्डाई नेपालको साथ

  २०७८ वैशाख १० गते १८:३०     विकासन्युज

काठमाडौँ । नेपालको लागि हुण्डार्ई गाडीको एक मात्रअधिकृत बिक्रेतालक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सातमध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमाप्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्महुनगइरहेको छ । नेपाल सुपर लिगअखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याट मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमापहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

ह्युन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्वकपको साथै विभिन्न लिगप्रतियोगिताहरुमापनिप्रायोजन गर्दै आइरहेको छ । यसरीनैै लक्ष्मी ह्युन्डाइले पनिनेपालमा खेलकुदविकाशको लागिविभिन्न खेलकुदहरुपमा सहयोग गर्दै आइरहेको छ ।

लक्ष्मी ह्युन्डाइले बिगतमानेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्मप्रायोजन गरेको थियो । हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिगसिजन २०१८/१९ देखि४बर्षसम्मकालागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफाप्रतियोगिताहरुमाबिगत १० वर्षदेखि अफिसियलप्रायोजक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.