काठमाडौंमा हुने पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्टको मूख्य प्रायोजकमा किया नेपाल

  २०७८ वैशाख १० गते १५:११     विकासन्युज

काठमाडौं । किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ ।

नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो बैशाख ११ देखि बैशाख २५ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

किया सधैं खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । किया अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आबद्ध छ ।

त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मदत गर्नेमा विश्वस्त छ । यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहन्छ ।

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने छ । किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने प्रतिबद्धता जनाउँदछ ।

कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.