नेपालकाे मलेशियालाई विशाल लक्ष्य

  २०७८ वैशाख ९ गते १४:५४     विकासन्युज

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो ।

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ चौकाको मद्दतमा ४५ रन बनाए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरे ।

नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ र कुशल भुर्तेलले १६ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.