कालिका लघुवित्तको अध्यक्षमा खाँणसहित सञ्चालकमा ५ जना निर्वाचित

  २०७८ वैशाख ८ गते १७:५१     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण निर्वाचित भएका छन् । बैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खाँणलाई अध्यक्ष पदमा चयन गरेको हो ।

बैशाख ७ गते सम्पन्न संस्थाको १०औं र ११औं साधारणसभाले समितिमा ६ जनालाई चयन गरेको थियो ।

यससँगै, संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी २ जनालाई सञ्चालकमा चयन गरेको हो ।
संस्थापक समूहबाट विकास गौचन, शान्ता कुमारी पोखरले उप्रेती र चन्द्र बहादुर क्षेत्री सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान सञ्चालकमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.