कोरोना महामारीमा पनि एलजीको व्यापार ५० प्रतिशतले बढ्याे: पुरुषोत्तम भण्डारीसँगको कुराकानी

  २०७८ वैशाख ६ गते १६:२१     विकासन्युज

विगत साढे ३ दशकदेखि नेपाली उपभोक्ताहरु माझ नयाँ–नयाँ टेक्नोलोजीका सामानको बिक्री गर्दै आएको एलजी परिचित ब्राण्ड हो । नेपालभर ५ सयभन्दा बढी डिलरहरुमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको एलजी अझै सबै नेपाली माझ पुग्ने उद्धेश्यले काम गरिरहेको छ । कोरोना महामारीमा एलजीले के-कसरी काम गरिरहेको छ ? व्यापार कस्तो छ ? ग्राहकका लागि एलजीले नयाँ के काम गरिरहेको छ ? लगायत विषयमा एलजी ब्राण्डका उपमहाप्रबन्धक पुरुषोत्तम भण्डारीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

कोरोना महामारीमा एलजी ब्राण्डको व्यापार कस्तो छ, कसरी काम गरिरहनु भएको छ ?

कोरोनाको महामारीका वाबजुद पनि हामीले राम्रै व्यापार गरिरहेका छौं । ग्राहकहरुबाट पनि राम्रै माग आइरहेको छ । नर्मल समयको भन्दा ५० प्रतिशतको व्यापारमा ग्रोथ भएको छ । हामी प्रायः इलेक्ट्रोनिक सामानहरुलाई बढी बिक्री गरिरहेका छौं । हामी प्रत्येक ग्राहकसम्म पुगेका छौं । सबैभन्दा राम्रो पक्ष भनेको हामीले ग्राहकले चाहेको सामान अर्थात उनीहरुको डिमाण्डलाई तत्कालै पुरा गरिरहेका छौं । ग्राहकमा हामी प्रतिको विश्वास पनि त्यसैले बढेको हो ।

अहिले कोरोनाको समय पनि छ । सबै व्यापार व्यवसाय समस्यामा छन् तर तपाईंले एलजीको व्यापार झन बढेको छ भन्नुभयो, कोरोनाकालमै व्यापार बढ्नुको कारण के हो ?

व्यापार अर्थात डिमाण्ड बढ्नुको मुख्य कारण हाम्रो सप्लाई चेन हो । अर्को, हामीले विभिन्न प्रडक्ट बजारमा दिइरहेका छौं । विद्युतको खपत कम हुने सामानहरु पनि ग्राहकलाई उपलब्ध गराउँदै आएका छौं । कोरोनाकालमा हाइजेनिक प्रडक्टलाई पनि प्राथमिकता दिइरहेका छौं । यो कारणले पनि व्यापार बढेको हुन सक्छ ।

व्यापार बढेपछि कम्पनीको नाफा पनि बढ्यो होला नि ?

कोरोनाको समयमा सबै कम्पनीहरुलाई नाफा गर्न गाह्रो त भइ नै रहेको छ । जुन हिसावको माग बढिरहेको छ त्यही अनुसारको नाफा हाम्रो छैन । हामी धेरै नाफा लिएर काम गर्दैनौं । तर, ठीकै छ । ग्राहकको माग र सन्तुष्टिमा आधारित भएर काम गर्छौं । अहिले बाहिरबाट सामान आउँदा धरै महँगो भएको छ । तर, हामीले ग्राहकलाई बाहिरबाट बढेको सामानमा त्यति बढाएका छैनौं । त्यो हामीलाई समस्या छ । नाफा लक्ष्य लिए अनुरुप छैन । तर लक्ष्यको हाराहारीमा भने पुगेका छौं ।

उत्पादनको माग बढेको छ भन्नुभयो तर नाफाको लक्ष्य भेटाउन सकेका छैनौं भन्नुभयो, कसरी ?

हामीले जति नाफा लिनु पर्ने हो त्यति नाफा लिन सकेका छैनौं । बजारमा मूल्य बढाउन गाह्रो भइरहेको छ । ग्राहकको आम्दानीको क्षमता पनि अहिले घटेको छ । त्यसलाई हेरेर नै हामीले मूल्य तय गर्ने हो । त्यसैले बाहिरबाट आउने सामानको मूल्य महँगो भएपनि हामीले पहिलेकै दरमा बिक्री गरिरहेका छौं । हामीले विशेषतः ग्राहकलाई ध्यानमा राखेर नै व्यापार गर्ने हो । अहिले सामान आयात गर्दा सप्लायरर्सदेखि ढुवानी खर्च बढेको छ । तर, हामीले कम मार्जिनमै व्यापार गरिरहेका छौं ।

एलजी ब्राण्डले के-कस्ता प्रडक्ट उत्पादन तथा बिक्री गरिरहेको छ ?

हाम्रो मुख्य प्रडक्ट भनेको टीभी हो । टेलिभिजना ओलेटदेखि अल्ट्रा एलजी, स्मार्ट टिभी र नर्मल टीभीसम्म बिक्री गर्दै आएका छौं । योसँसँगै अडियो सिस्टम, इलेक्ट्रोनिक, घरायसी सामानहरु लगायतका प्रडक्ट बिक्री गर्दै आएका छौं । यस अन्तर्गत रेफ्रिजेटर, वासिन मेसिन र एसीहरु बिक्री गर्दै आएका छौं । हाम्रा प्रडक्ट ग्राहकले एकदमै मन पराइहरेका छन् ।

उपभोक्ताहरुले बढी रुचाएको अर्थात बढी माग हुने प्रडक्ट कुन हो ?

हाम्रो नम्बर वान प्रडक्ट वासिन मेसिन हो । वासिन मेसिनको डिमाण्ड धेरै हुन्छ । त्यसपछि रेफ्रिजेटर, एलईडी टीभी लगायतका प्रडक्टहरु ग्राहकले धेरै रुचाएका छन् । यी लगायत अन्य धेरै प्रडक्टहरुको डिमाण्ड पनि बढिरहेको छ । हामीले ग्राहकको मागलाई मध्येनजरलाई ध्यान दिने भएकोले पनि हाम्रो प्रडक्ट र हाम्रो ब्राण्डप्रति उपभोक्ताहरु विश्वस्त हुनुहुन्छ ।

एलजी ब्राण्डले आफ्नो बजार विस्तार कसरी गरिरहेको छ ?

हामीले विगत ३०/३५ वर्षदेखि काम गर्दै आएका छौं । हामी नयाँ ब्राण्ड पनि होइनौं । हामीले ग्राहकको सहजताका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरु राखेका छौं । हामीसँग देशभर ५ सयभन्दा बढी डिलरहरु छन् । हाम्रो जुन ठाउँमा डिलर छ त्यही ठाउँमा सर्भिस हुन्छ । हाम्रो प्रडक्टमा सर्भिसको आवश्यकता त पर्दैन तर यदी कुनैमा त्यस्तो खालको समस्या आइहाले भने २४ घण्टा भित्रै सामानको सर्भिस गर्छौं । सबै ठाउँमा हाम्रो उपस्थिती छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म हामी पुगेका छौं । केही पहाडी जिल्लाहरु बाहेक हाम्रो उपस्तिथि सबै जिल्लामा छौं ।

बजारमा एलजी ब्राण्डको प्रतिस्पर्धी को हो ?

बजारमा धेरै ब्राण्डहरु छन् । प्रडक्ट अनुसार नै प्रतिस्पर्धी हुन्छन् । एलजीको प्रडक्टहरु प्रायःजसो घरायसी सामान नै हुन् । यस्तो खालको प्रडक्ट ग्राहकको मागलाई नै ध्यानमा राखेर बिक्री गर्ने कमै छन् । त्यसैले पनि हाम्रो त्यस्तो खालको ठूलै प्रतिस्पर्धी छ जस्तो हामीलाई लाग्दैन । हामी हाम्रो टेक्नोलोजीलाई अगाडि बढाइहरेका छौं । हामी हाम्रो ग्राहकको माग र आवश्यकतातर्फ नै ध्यान दिइहरेका छौं ।

एलजी ब्राण्डको सवल पक्ष अथार्त मुख्य विशेषता के हो ?

प्रडक्टवाइज विभिन्न विशेषताहरु छन् । हामीले लाइफ गुड भनेर नै नारा दिएका छौं । हाम्रो प्रडक्टहरुले मानिसहरुको जीवनलाई सहज बनाउँछ । यसलाई नै ध्यान दिएर हामी काम गर्छौं ।

उपभोक्ताले एलजी ब्राण्डकै प्रडक्ट किन रोज्ने ?

हामीले विश्वमा बन्ने नयाँ टेक्नोलोजी सबैभन्दा अगाडि भित्र्याउँछौं । ती प्रडक्टहरु प्रयोग गरेपछि ग्राहकको जीवन नै सरल हुन्छ । हामी यस्ता प्रडक्टहरु बिक्री गरिरहेका छौं कि जसले ग्राहकलाई सहजसँगै राम्रो पनि हुन्छ । जस्तै हामीसँग भएको वासिङ्ग मेसिनले एलर्जीको समस्या हुँदैन । हामी अफिसमा बसेर घरमा भएको वासिन मेसिन पनि अफ र अन गर्न सकछौं । यी विभिन्न सुविधाहरु हामीसँग छन् । अर्को, भ्वाइसद्वारा टीभीहरु खुला गर्न सकिन्छ ।

अन्य ब्राण्डहरुको तुलनामा एलजीको प्रडक्टको मूल्य बढी वा कम के कस्तो छ ?

हाम्रो प्रडक्टहरु विशेष गरी मध्यम वर्ग र उच्च वर्गहरुलाई मध्येनजर गरेर उत्पादन गरेका छाैं । हाम्रो प्रडक्ट विभिन्न क्याटोगोरीका छन् । हामीसँग विभिन्न सामानहरुमा १४/१५ हजार रुपैयाँदेखि सुरु भएर १७/१८ लाख रुपैयाँसम्मका हामीसँग प्रडक्टहरु छन् ।

मल्टिनेश्नल कम्पनीहरुसँग एलजीको प्रतिस्पर्धा कस्तो छ ?

सबै मल्टिनेश्नल कम्पनीहरुको आ–आफ्नै विशेषहरु छन् । हामी ग्राहकको माग र रुचीर्लाइ अनुसार कसरी अगाडि बढाउने भन्नेतर्फ हाम्रो ध्यान छ । अहिले त्यति धेरै प्रतिस्पर्धा छैन । आतिहाल्नु पर्ने अवस्था छैन ।

नयाँ वर्षको अवसरमा एलजीले के कस्ता अफरहरु ल्याएको छ ?

हामीले एलजीका घरायसी सामानको खरिदमा विभिन्न छुटहरु ल्याएका छौं । नर्मल र स्मार्ट एलईडी टिभी, एयर पियुरिफायर, भ्याकुमक्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपियाँ मूल्यको फ्रि माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २४५० रुपियाँको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् । यस्तै विभिन्न अफरहरु रहेका छन् ।

एलजीको आगामी योजना के हो ?

हाम्रो चाहना र योजना नै ग्राहकलाई कसरी सन्तुष्टि दिने भन्ने नै हो । हामी बढी भन्दा बढी त्यसैमा ध्यान दिन्छौं । कोरियामा प्रयोग हुने टेक्नोलोजी छिटो भन्दा छिटो नेपालमा भित्र्याएर नेपाली ग्राहकहरुको माग पुरा गर्ने हो । अझ ग्राहकको जीवन सहज बनाउने हो । मार्केटको माग अनुसार हामी अगाडि बढ्छौं ।

एलएजी ब्राण्डका ग्राहकलाई तपाइँको सन्देश के हो ?

एलजी नेपालको नम्बर वान इलेक्ट्रोनिक उत्पादन गर्ने ब्राण्ड हो । ग्राहकको माया ममताले हामी यो स्थानमा छौं । आगामी दिनमा पनि ग्राहकको जीवन अझ सहज बनाउनको लागि कोरियामा उत्पादन भएको प्रडक्टलाई तुरुन्तै नेपालमा ल्याउने प्रयास गर्छौं । हाम्रो मुख्य उद्धेश्य नै नेपालीको जीवनशैली माथि उचाल्ने नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.