देशभर व्यापक कोभिड, एयरपोर्टमा डरलाग्दो भिड (फोटोफिचर)

  २०७८ वैशाख ४ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या पछिल्लो दिनमा व्यापक रुपमा बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रबार मात्रै देशभरमा ९ सय जना कोभिड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ६४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६ जनामा कोभिड फेला परेको हो ।

अघिल्लो सातासम्म संक्रमितको संख्या २ सयको हाराहारीमा मात्रै थियो । कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएपछि कोभिड त्रास पनि कम हुँदै गएको थियो । तर, पछिल्लो समय छिमेकी देश भारतसहित विभिन्न देशमा कोभिड संक्रमितको संख्या बढ्न थालेको छ ।

नेपालमा पनि कोभिड संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न गराउन सार्वजनिक रुपमा आग्रह गरिरहेको छ । तर, राजनीतिक दलहरुको आव्हानमा हुने भेला तथा सभाहरु रोकिएका छैनन् । विद्यालय, सिनेमा घर, पार्क जस्ता सार्वजनिक स्थल र बढी भिडभाड हुने ठाउँहरु खुल्ला नै छन् ।

कोभिड संक्रमणको यो अवस्था आउँदा पनि स्वास्थ्य सुरक्षामा ध्यान नदिइएको र कोभिड संक्रमण विरुद्ध पूरै बेवास्ता गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलमा देखिएको भिडले पनि पुष्टी गरेको छ । कम्तिमा २ मिटरको दुरी कायम गरिनु पर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड सो बिमानस्थलामा पालना गरिएको पाइएन ।

हामीले यहाँ प्रस्तुत गरेका तस्वीरहरु शुक्रबार साझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको दृष्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.